विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ 

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ गरेको छ। मकवानपुर, कैलाली, बाँके, मोरङ, बर्दिया, कञ्चनपुर र सुनसरीबाट लागुऔषधिसहित १५ जना पक्राउ परेका हुन्। 

मकवानपुर: हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित सिन्धुली हरियरपुर गाउँपालिका-३ बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलन समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कैलाली : धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय रबि रानालाई ८ सय ९० मिलिग्राम तथा सोही उपमहानगरपालिका-१७ बस्ने १८ र १७ वर्षीय किशोरलाई करिब ३ सय ४० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-१४ बाट पक्राउ गरेको हो । साथै ती २ जना किशोरले प्रयोग गरेको सु.प.प्र.०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

बाँके: बैजनाथ गाउँपालिका-४ बानियाभारबाट अवैध लागुऔषध खैरो हेरोइन १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

मोरङ : बिराटनगर महानगरपालिका-१९ बिराटचोक जाने बाटोबाट अवैध लागूऔषध जस्तो देखिने सेतो वस्तु करिब ६० ग्रामसहित सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय राज राय समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच लागुऔषध लेनदेनसम्बन्धी झै-झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उक्त वस्तुसहित उनीहरूलाई पक्राउ गरेको हो । 

बर्दिया : बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही गाउँपालिका-९ बस्ने २३ वर्षीय भैरवनाथ योगी, बासगढी नगरपालिका-१ बस्ने २२ वर्षीय सागर कामी   समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आएका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कञ्चनपुर : बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ८० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-४ बस्ने २१ वर्षीय रितिक थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा से.२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सुनसरी : ईटहरी उपहानगरपालिका-६ स्थित आर्या होटलबाट अवैध लागुऔषध ब्राउनसुगर २ ग्रामसहित होटलका संचालक सोही उपमहानगरपालिका-२ घर भएका ४० वर्षीय सुनिल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी चौधरीलाई पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

annapurnapost


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन