fbpx

पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता:-पविन र प्रनिश क्वाटरफाइनलमा

author

समाचारपाटी

२ years अगाडि

त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता बाहेकको पुरुष एकल तर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४, २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१०, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । आर्मीका हिमाल चन्दले झापाका नविन सिलवाललाई २१–१२, २१–१६, एपिएफका अमन महर्जनले दाङ्गका सनौला रैनीलाई २१–१४, २१–१२, मोरङ्गका बिवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७, २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।

पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद र आर्मीका अभय महरा क्वाटरफाईनलमा प्रवेश गरेका छन् । साउदले उदयपुरका रुमु हाङ्ग राईलाई २१–१२, २१–९ ले तथा महराले ताप्लेजुङ्गका अन्ड्रीयास लिम्बुलाई २१–८, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । यसैगरि आर्मीका कविर के.सी.ले पाँचथरका रोहन तामाङ्गलाई २१–१६, २१–१०, ललितपुरका लक्ष्मण रानाले आर्मीका आर्मीका सुविन श्रेष्ठ ९बी०लाई २१–१७, ९–२१, २१–१७, मोरङ्गका सुप्रिम पन्तले आर्मीका पारश उपाध्यायलाई २१–१५, ११–२१, २१–१६, दाङ्गका सलौना रैनीले पाँचथरका किरण श्रेष्ठलाई २२–२०, २१–१३, उदयपुरका बिनय चौधरीले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–१४ र आर्मीका अनिल मल्लले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका संयोग बस्नेतलाई २१–१७, २१–९ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

महिला तर्फ कास्कीकी निभा राई र आर्मीकी टिशा रानी शाक्यले क्वाटरफाईनलमा स्थान बनाए । राईले ताप्लेजुङ्गका सरुना गुरुङ्गलाई २१–१७, १२–२१, २१–१४ ले तथा शाक्यले पर्साका श्रुती शाहबाट वाकओभर प्राप्त गरेका हुन् । पुरुष युगल तर्फको प्रतिस्पर्धामा मोरङ्गका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए ।

यस्तै अन्तिम १६ मा स्थान बनाउने क्रममा ललितपुरका बिकास महर्जन र रदीप महर्जनको जोडी, कैलालीका चन्द्रिका कथरिया र स्पोर्टस् हवका अनुज तामाङ्गको जोडी, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडी, एपिएफका अमन महर्जन र सुजन थापाको जोडी, आर्मीका सुनिल कार्की र झापाका नविन सिलवालको जोडी, नखिपोटका विबेक कदङ्गवा र नल्सन राईको जोडी, मोरङ्गका दिपेन्द्र खड्का र जनम राईको जोडी, कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी, मोरङ्गका बिवेक चौधरी र उज्जल पोखरेलको जोडी, एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडी तथा मोरङ्गका राजेन्द्र महर्जनको जोडी तथा कुशल राईको जोडी रहेका छन् ।

पुरुष ४५ बर्ष माथिको युगल तर्फको प्रतिस्पर्धामा सुनसरीका पुगेन्द्र लिम्बु र राम योञ्जनको जोडी, उदयपुरका बल बहादुर कार्की र चित्र थापाको जोडी, मोरङ्गका जीवन बोगटी र धन कुमार श्रेष्ठको जोडी, उर्लाबारी ब्याडमिन्टन क्लबका पोष्ट मगर र कमल वाईवाको जोडी, मोरङ्गका पदम धिमाल र धर्म राज राईको जोडी, ललितपुरका शान्ता डङ्गोल र सुमन (रत्नमान) महर्जनको जोडी, मोरङ्गका किरण सिंह बस्नेत र सुदीप पोखरेलको जोडीले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...