fbpx

फागुन १९ देखि २७ सम्म ‘१२औं राष्ट्रियलोक संस्कृतिक मेला’ हुने

author

समाचारपाटी

१ year अगाडि


काठमाडौंँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार,नेपाली लोक संस्कृतिको आधार’ नारा सहित‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको बिभिन्न पक्षको जानकारी दिएको हो । फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ्ग, पोखरा र ललितपुरमा आयोजना हुने आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताउनुभयाे ।

‘ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटनदरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले
भन्नुभयाे ‘यसबाट देशको विविध सँस्कृतिक, पुरातत्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’

मेलामा अष्ट्रीया, बेल्जीयम, बोस्टवाना,इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया,पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समुहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् । नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र सँस्कृतिहरु रहदै आएको सर्व विदितै छ । नेपाली सँस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ । आफ्नो पहिचान र मौलिकता बोकेका सँस्कृति प्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई विर्सिएर पाश्चात्य सँस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्वपुर्ण हुने आयोजकको भनाई रहेको छ ।

मेला २०५८ देखि प्रत्येका २ बर्षमा नियमित आयोजना हुँदै आएको छ । सुरुवातदेखि एघारौं संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढि देशका ८५०० भन्दा बढि कलाकारहरुले घर आगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकी सहित बिविध लोकसाँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी रहेको छ ।

नेपाली सँस्कृति उत्थान तथा साँस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रर्वद्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको आयोजकले बताएको छ । ‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो सँस्कृति झल्कने भेष–भुषा लगाई साँस्कृतिक झाँकि गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्’, आयोजक कोइरालाले भन्नुभयाे ‘काठमाडाैँ आसपासका बिद्यालयमा गई बिदेशी कलाकारहरुले आफ्ना साँस्कृतिक प्रस्तुत गर्ने र बिद्यालयका बिद्यार्थीहरुको समेत साँस्कृतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।’

यस किसिमको साँस्कृतिक आदान प्रदानले बिद्यार्थीहरुमा आफ्नो लोक सँस्कृति प्रति अभिरुची बढ्ने विश्वास कोइरालाको रहेको छ । मेलाको फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन