विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ ।
खोर्साने–केराबारी सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३२ प ८४६१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहीबार दिउँसो दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक केराबारी गाउँपालिका–६ घर भएका १६ वर्षीय जोशन लिम्बूको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा साँझ ५:५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो ।