काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
त्यस विषयमा आवश्यक अनुसन्धान शुरु भएको डा पाण्डेले बताउनुभयो ।