चितवन । बसले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका १ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।
पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटना आज बिहान १० बजे भएको हो । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।