सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
राजविराज नगरपालिका-५ बस्ने १६ वर्षीय पेशालाल नन्दन यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।
सोही ठाउँस्थित चौरमा माइकको तार विद्युतको पोलमा जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।