काठमाडौं । सिन्धुलीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबासका ६९ वर्षीय पूर्णप्रसाद दाहालको आज कमला खोलाले बगाएर मृत्यु भएको हो ।
आज बिहान माथिल्लो रानिबासबाट कर्णबहादुर कार्की र दाहाल गोरु किनेर मडाहाबाट फर्कँदै गर्दा खोला तर्ने क्रममा दाहाललाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभएको छ ।
कमलामाई नगरपालिका(१४ खिरखिरे चन्दनपुरबाट दाहाललाई बगाएपछि छिमेकी कार्कीले तत्काल प्रहरी र स्थानीयलाई खबर गर्नुभएको थियो । बगाएको ठाउँबाट करिब २ किलोमिटर तलबाट उहाँको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।