एजेन्सी । भारतको केरलाको कोचीस्थित कन्भेन्सन सेन्टरमा बम विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने २५ बढी घाइते भएका छन्। घाइतेमध्ये ५ जना गम्भी घाइते रहेका छन्।
जेहोभाज विटनेस कन्भेन्स सेन्टरमा तीनदिनदेखि चलिरहेको कार्यक्रम को आज अन्तिम दिन थियो। प्रत्यक्षदर्शीहरूले विष्फोटको ठूलो आवाज सुनेको बीबीसी हिन्दीलाई बताएका छन्।
केरलाका एडीजीपी ल एण्ड अर्डर अजीतकुमारले हलभित्र दुईवटा बम विष्फोट भएको बताएका छन्। उनका अनुसार हलभित्र २ हजार बढि मानिसहरू थिए।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। सो घटनामा परी एकजनाको मृत्यु भएको र १५ बढी घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
केरलाको कन्भेन्सन सेन्टरमा बम विष्फोटभारतको केरलाको कोचीस्थित कन्भेन्सन सेन्टरमा बम विष्फोट