fbpx

आफ्नै घरमा आगो लगाइ परिवारलाई मार्न खोजेको आरोपमा १ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । आफ्नै घरमा आगो लगाइ परिवारका सदस्यलाई मार्न खोजेको आरोपमा रुपन्देही प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–९ कालिकाटोल बस्ने ३९ वर्षीय रामबहादुर विक छन्।

प्रहरीका अनुसार मंगलबार राति ८:१५ बजेको समयमा कालिकाटोलस्थित आफ्नो घररटहरामा बाहिरबाट ढोका लगाएर आगो लगाएका थिए। भरभित्र श्रीमती र छोरा–छोरी बसिरहेको अवस्थामा उनले बाहिरबाट ढोकाको चुकुल लगाएर छानोमा आगो सल्काएका थिए।

आगो दन्किँदै जाँदा भित्र रहेकी उनकी श्रीमती र छोरा–छोरीले गुहार मागेपछि छिमेकीले उनीहरुको उद्धार गरेका थिए।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले रामबहादुरलाई तत्काल घटनास्थलबाटै पक्राउ गरेको हो। पक्राउ परेका उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन