पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा फरक क्षमता भएकी बालिका बलात्कार गरेको आरोप लागेर फरार भएका ५० वर्षीय गंगा राईलाई प्रहरीले सदरमुकाम फिदिमबाट पक्राउ गरेको छ।
राईले साउन २९ गते बालिका बलात्कार गरी फरार रहेको पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।
राईलाई मंगलवार साँझ ५ बजे सदरमुकाम फिदिमबाट पक्राउ गरी पाँचथर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिनुभयो ।