सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका १ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छन्। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो।
को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।