दाङ l दाङको तुलसीपुरमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको सर्पले डस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
वलीलाई घरमा सुतिरहेको समयमा हिजो दिउँसो सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।
उनलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइए पनि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।