दैलेख । सर्पको डसाइबाट दैलेखमा १ किशोरीको ज्यान गएको छ । ज्यान जानेमा ठाटीकाँध गाउँपालिका–१ नुआवनकी १७ वर्षीया कल्पना शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिनुभयो ।
घरमा बसिरहेका बेला सर्पले खुट्टामा डसेलगत्तै छिमेकमा झारफुक गराउन लगेकोमा स्वास्थ्यमा झनै समस्या भएपछि अस्पताल लैजाँदै गर्दा किशोरीको ज्यान गएको प्रहरीको भनाइ छ ।
किशोरीका बुबा धर्मराज रोजगारीका लागि भारतमा र उहाँका दाजु निराजन शाही अध्ययनको सिलसिलामा काठमाण्डौमा हुनुहुन्छ । आमाका साथ घरमा बस्दै आएकी किशोरी कृष्ण माध्यमिक विद्यालय लकान्द्रमा कक्षा ९ मा पढ्दै थिइन् ।