fbpx

एन्टार्क्टिकाको १ विशाल हिमनदी पूरै पग्लिने डर

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । एन्टार्क्टिकामा रहेको एउटा विशाल हिमनदी थ्वेइट्स अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको एउटा अध्ययनले देखाएको छ ।

बेलायतको एन्टार्क्टिक सर्भे र अमेरिकाको एन्टार्क्टिक कार्यक्रमले हिमनदीमुनि सेन्सर र पानीमुनि रोबट राखेर गरेको अध्ययनले थ्वेइट्स हिमनदी यसअघि अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको देखाएको बीबीसीले जनाएको छ ।

यो एन्टार्क्टिकामा गरिएको अहिलेसम्मकै ठूलो अध्ययन हो । थ्वेइट्स हिमनदीको आकार बेलायतको क्षेत्रफल जत्तिकै छ । यो हिमनदी पूरै पग्लियो भने त्यसले विश्वव्यापीरूपमा समुद्रको स्तरलाई आधा मिटरले बढाउने विज्ञहरूले बताएका छन् ।

सन् १९९० को दशकको अन्तिमदेखि हिमनदी आफ्नो प्रारम्भिक रेखाबाट १४ किलोमिटर खुम्चिएको देखिएको छ । कतिपय ठाउँमा त्यो रेखा अहिले वर्षमा एक किलोमिटरभन्दा बढीले खुम्चिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेचर जर्नलमा यही हप्ता प्रकाशित दुई वटा शोधपत्रमा थ्वेइट्स हिमनदी पग्लिने क्रम जलवायु परिवर्तनले गरेको असरको डरलाग्दो नमुना भनिएको बीबीसीले जनाएको छ । प्रतिवेदनमा हिमनदी पग्लिनुको मुख्य कारण समुद्रमा बढिरहेको तापक्रम भनिएको छ ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर