दाङ । सिँचाइ कुलोमा डुबेर आज बिहान दाङमा १ जनाको ज्यान गएको छ ।
देउखुरीमा खेतमा सिँचाइ गर्ने देउपुर कुलोमा डुबेर लमही नगरपालिका–६ देउपुर निवासी करिब ५० वर्षीय कैलाश डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार डाँगीको बुधबार बिहान कुलोमा डुबेर ज्यान गएको हो ।
डाँगीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।