काठमाडौं । मधेश प्रदेशका २ स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।
सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएको संघीय सांसद प्रदीप यादवले जानकारी दिनुभयो।
उहाँहरू स्वतन्त्र ढंगले निर्वाचन लड्नुभएको थियोु, यादवले भन्नुभयो, आज पार्टी अध्यक्षले दुवैलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ।
नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ।