काठमाडौं। पछिल्लो २४ घण्टामा ४४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यससँगै गएको आठ महिनामा संक्रमितको संख्या ३९ हजार २३० पुगेको
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका ९ईडीसीडी० ले जनाएको छ ।
यो अवधिमा संक्रमणका कारण २० जनाको मृत्यु भएको छ भने ६७ जिल्लामा फैलिएको छ । सात प्रदेश मध्ये सबैभन्दा बढी संक्रमण पुष्टि कोशी प्रदेशमा
भएको छ भने त्यसपछि पछिल्लो दुई सातायता संक्रमित सङ्ख्या गण्डकी प्रदेशमा बढेको छ ।
कोशी प्रदेशमा हालसम्म २३ हजार ९५९ संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा ७ हजार ७९६ जना संक्रमित भएका छन् ।
त्यस्तै बाग्मती प्रदेशमा ४ हजार ९४० संक्रमित भएका छन् । यस्तै, क्रमशः १ हजार १४२ सुदूरपश्चिम प्रदेश, ६७२ लुम्बिनी, ५९० मधेस, र १३१ कर्णाली प्रदेश
संक्रमण पुष्टि भएको हो ।