काठमाडौं । मतदाता कार्डमा विवाद भएपछि पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन स्ववियुको मतदान रोकिएको छ ।मतदाता कार्डमा विवाद उत्पन्न भएपछि चुनाव रोकिएको सहायक क्याम्पस प्रमुख कृष्ण बिकले जानकारी दिएका छन् । विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको पनि उनले बताएका छन् ।पाटन क्याम्पसमा बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको हो ।