fbpx

हुँदै नभएको कालोपत्रे देखाएर सवा २ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । हुँदै नभएको कालोपत्रे देखाएर झन्डै सवा दुई लाख रुपैयाँ सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोपमा ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरुले सुनसरी रामधुनी नगरपालिका –३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माण कार्यमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाएको अभियोग छ ।

आयोगले रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्र नारायण चौधरी, सब–इन्जिनियर हर्षलाल चौधरी, रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी, वडा नं ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नं। ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरी र जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर नानु कुमारी निरौला ९बस्नेत० विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले स्थलगत रूपमा नाप जाँच गरी नापी किताबमा वास्तविक परिमाण चढाउने र निर्माण व्यवसायीले पेश गरेको बिल सही छरछैन चेकजाँच गरी कार्य सम्पन्न प्रतिवेदन तयार गर्नुपर्नेमा निर्माण स्थलमा नगरेरनगराएको काम भएको भनी प्रतिवेदन बनाएको र झुट्टा बिल भरपाई बनाएको आयोगको अनुसन्धानबाट देखिएको छ । मिलिभगतमा दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसाको झुट्टा बिल बनाई कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी कम्पनीलाई भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ङ बमोजिमको कसुर गरेकोको आरोपमा न्यौपाने, दाहाल र चौधरी द्वयलाई दुई लाख १२ हजार ७३ रुपैयाँ ५८ पैसा बिगो कायम गरी जरिवाना र कैद सजायको माग दावी लिएको छ ।

आयोगले रामधुनी नगरपालिकाकाको तत्कालीन उपप्रमुख चौधरी, रामधुनी कै ३ नम्बर वडाका तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीविरुद्ध समेत हुँदै कैद सजाय र जरिवानाको मागदावी गरेको छ ।

जालपा सिद्ध निर्माण सेवा, पकली सुनसरीका प्रोप्राइटर बस्नेतले सरकारी सम्पत्तिमा गैर कानुनी हानि पुर्‍याउने र आफूलाई लाभ पुर्‍याउने बदनियतले सम्झौता विपरीत निर्माण स्थलमा सम्पादन नै नभएको र नापी किताब एवं ठेक्काको बिलमा वास्तविक कामको परिमाणभन्दा बढी काम गरेको देखाई रकम लिएको भन्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ ।


काठमाडौं

आइतवार, कार्तिक १८, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन