स्याउ स्वास्थ्यको लागि कति फाइदाजनक छ हेर्नुहोस

author

समाचारपाटी

३ years अगाडि

कहिलेकाँही हामीले भुल्ने गर्छौँ कि हामीले प्रयोग गरिरहेका र गर्न सक्ने पदार्थ भित्र कति महत्वपूर्ण कुरा लुकेको हुन्छ । हामीले साधारण रुपमा खाने कुरामा कति लाभदायी तत्व लुकेको हुन्छ ? त्यो अनुमाननै गर्दैनौँ र गरेर पनि के साध्य ? तर आज हामी तपाईँलाई त्यस्तै पदार्थको भित्र लुकेको तत्वको बारेमा जानकारी दिनेछौँ । त्यो पदार्थ हो स्याउ ।

यूएसडीएले करीब एक सय प्रकारका खानामा गरेको परीक्षण अनुसार एन्टि अक्सिडेन्टको मात्राको आधारमा स्याउ १२ औँ स्थानमा पर्न सफल भएको थियो । एन्टिअक्सिडेन्ट रोगसंग लड्न चाहिने पदार्थ हो । यो बाहेक स्याउमा प्रसस्त पाइने ‘प्याक्टिन्’ नामक फाइबर पनि शरीरको लागि धेरै नै फाइदाजनक मानिन्छ ।

अन्य फाइदाहरु :

सेतो र स्वस्थ दाँत : स्याउ चपाँउदा र टोक्दा निस्कने रयालले दाँत सड्नबाट बचाउनुको साथै ब्याक्टेरियाको संख्या घटाउछ ।

एल्जाइमर हुन दिदैन : स्याउले मस्तिस्कलाई बुढो हुन दिदैन र हरदम स्वस्थ र तन्दुरुस्त राख्छ ।

डायबीटीज हुन दिदैन : हरेक दिन एक दाना स्याउ खाने मानिसमा टाइप २ डायबीटीज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।

कोलेस्टेरोल घटाउँछ : स्याउमा पाइने घुलनसिल फाइबर आन्द्राको चिल्लो पदार्थसंग बाधिन्छ र शरीरमा कोलेस्टेटोलको मात्रा कम हुन्छ ।

स्वस्थ मुटु : स्याउमा पाइने फाइबरले धमनीका भित्ताहरुमा कोलेस्टेरोल जम्न नदिइ रक्तसञ्चारलाई स्वस्थ बनाई राख्छ ।

पित्तथैलीको पत्थरी : पित्तथैलीमा भएको पित्तमा कोलेस्टेरोलको मात्रा बढी भएमा त्यो जम्न गई पत्थरी हुन्छ । स्याउ खाँदा त्यसमा भएको फाइबरले कोलेस्टेरोलको मात्रा घटाई पित्तथैलीको पत्थरी हुन दिदैन ।

झाडा पखला तथा कब्जियत : स्याउमा भएको फाइबरले झाडा पखलाको बेला धेरै पानी सोसी झाडा पखला नियन्त्रण गर्छ । त्यसैगरी कब्जियत भएको बेला त्यहि फाइबरले कोलनबाट पानी तानी कब्जियत निकोपार्न मद्दत गर्छ ।

तौल नियन्त्रण : धेरै नसर्ने रोगहरु जस्तै मुटुरोग उच्चरक्तचाप मधुमेह आदि शरीरको तौलसंग सम्वन्धीत हुन्छ । स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

कलेजोको शुद्धिकरण : शरीरमा छिर्ने खानामा धेरै विषालु पदार्थहरु रहेका हुन्छन् । त्यसलाई शरीरको रक्तसञ्चार प्रक्रियासम्म पुग्नबाट रोक्ने काम कलेजोले गर्छ । जसले गर्दा कलेजोमा विषालु पदार्थ भरिएको हुन्छ । स्याउ एक त्यस्तो फल हो जसले कलेजोलाई शुद्ध र सफा गर्न मद्दत गर्छ ।

रोेगप्रतिरोधात्मक क्षमता : स्याउमा पाइने क्यूएरसेटिन नामक एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन