fbpx

सुर्खेतमा ५ जनामा दादुरा सङ्क्रमण देखियो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो । वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो ।

छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र रुपमा फैलिरहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाव दिनुभयो । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

यसअघि बाँकेको नेपालगञ्जमा र डोटी पुगेका कैलालीको गौरीगंगाका एक बालकमा दादुरको सङ्क्रमण देखिएको थियो । दादुरा निकै सङ्क्रामक रोग भएकाले यो छिट्टै महामारीका रुपमा फैलिने जोखिम हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले दादुराको सङ्क्रमण अन्य ठाउँमा पनि भएको हुन सक्ने आशङ्कामा निगरानी गर्न सबै पालिकालाई निर्देशन दिएको जानकारी दिनुभयो । कोरोना महामारीका बेला कतिपय बालबालिका दादुरा विरुद्धको खोप लगाउन छुटेकाले पनि सङ्क्रमण देखिएको हुन सक्ने उहाँले बताउनु भएको छ ।

दादुरा रोकथामका लागि दादुरा विरुद्धको खोप नै उत्तम विकल्प भएकाले आफ्ना बालबालिकालाई खोपबाट नछुटाउन उहाँको आग्रह छ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन