fbpx

सशस्त्र प्रहरी बलले गर्‍यो ९७ उपरीक्षकको सरुवा

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक एसपी को सरुवा गरीएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १० गण हेडक्वाटर सर्लाहीमा कार्यरत भरत खनियाँलाई सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा, सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वाटर रौतहटमा कार्यरत धुब्रबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत रमेशकुमार पाण्डेलाई सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा कार्यरत तीर्थराज पौडेललाई सशस्त्र प्रहरी बल नेपाल नं ६ गण हेडक्वाटर सप्तरीमा सरुवा गरिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जिम्मेवार प्राप्त नगरेका सशस्त्र प्रहरी उपरीक्षकलाई पहिलो प्राथमिकतामा राखेर सरुवा गरिएको जाबताउनुभयो । “एकपटक पनि कमाण्डको जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमाण्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरेका छौँ”, उहाँले बताउनुभयो।

एकमात्र कमाण्ड गरी हाल कमाण्डमा रहेका सशस्त्र प्रहरी उपरीक्षकलाई कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डमा रहने गरी सरुवा गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

विगतमा सशस्त्र प्रहरी बल नेपालले पूर्वानुमान सूचीमै आधारित रही सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी, सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर सरुवा प्रणालीसमेत कार्यान्वयन गरिसकेको जनाएको छ ।

आगामी दिनमा पनि सरुवा तथा बढुवा सूचीलाई अझ परिमार्जन र परिस्कृत गरी पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्दै लैजाने प्रवक्ता थापाले बताउनुभयो ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन