सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई निःशुल्क सीप सिकाउँदै

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ र कुनै सीप सिक्ने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने नेपाल सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई निःशुल्क सीप सिकाउँदै आएको छ । तपाईं पनि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने सीपमूलक तालिम लिएर दक्ष जनशक्तिको रुपमा वैदेशिक रोजगारीमा जान सक्नुहुन्छ । आफूसँग सीप भएपछि वैदेशिक राजगारी थप सुरक्षित हुन्छ । काम र कमाइ पनि राम्रो हुन्छ ।

बोर्डले यो आर्थिक वर्षको लागि विभिन्न १७ वटा विषयमा एक सय ६० घण्टे तालिम दिन लागेको हो । बोर्डका अनुसार १८ वर्ष उमेर कटेका नेपाली नागरिकले तालिम लिन सक्छन् । तालिम लिन इच्छुक व्यक्ति वैदेशिक रोजगारीमा जाने हुनुपर्ने बोर्डकी सूचना अधिकारी मैयाँ कडेल बताउनुहुन्छ ।

‘यो तालिम वैदेशिक रोजगारीमा जानेहरुको लागि भनेर प्रदान गर्न लागिएको हो, यो निःशुल्क तालिम लिन साथमा पासपोर्ट हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘कसैको पासपोर्ट बन्ने प्रक्रियामा पनि हुनसक्छ, त्यस्तो अवस्थामा केही न केही प्रमाण वा सिफारिस आवश्यक पर्छ ।’

सहायक एल्युमिनियम फैब्रिकेटर, सहायक स्काफफोल्डिङ, टाइल मार्बल फिक्स्चर, वेल्डर, इलेक्ट्रिसियन, गार्मेन्ट मेसिन अपरेटरमध्ये आफूलाई मन पर्ने तालिम लिन सक्नुहुन्छ । यस्तै, फ्रन्ट अफिस सहायक, हाउसकिपिङ, हाउस पेन्टर, फर्निचर मेकर, किचेन हेल्पर, मेसन, शटरिङ कार्पेन्ट्री, स्टील फिक्सर र वेटरको तालिम पनि लिन सक्नुहुन्छ ।

हेर्नुहोस् सूचना :


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन