सर्लाही । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् ।
सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् ।
उखु क्रसिङको सिजन सुरु भएको निकै समयपछि सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० तोकेको छ । यो मूल्यमा उद्योगले पाँच सय ४० र सरकारले ढुवानी खर्चबापत ७० अनुदान दिने जनाएको छ ।
सकारले तोकेको उखुको समर्थन मूल्यले जिल्लाका उखु उत्पादक किसानहरूलाई फाइदा नरहेको उखु उत्पादक किसान मीनबहादुर मगरले बताउनुभयो ।