सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको बहस स्थगित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा सोमबारबाट हुने तय भएको बहस स्थगित भएको छ।

अन्तिम फैसलाका लागि सोमबारबाट बहस हुने कार्यतालिका रहे पनि पीडित पक्षका वकिलले पेशी स्थगित गर्नु भएको छ ।

सोमबार जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। तर जाहेरवाला किशोरीका वकिलले पेशी सार्न निवेदन दिएपछि पेशी स्थगित भएको सन्दीपका वकिल सरोज कृष्ण घिमीरेले जानकारी दिनुभयो।

उनले भने, ‘अन्तिम फैसलाका लागि आजबाट बहस हुनेवाला थियो। तर निवेदकको वकिलहरूले पेशी स्थगित गर्नु भएको छ।’

घिमिरेले के कारणले पेशी स्थगित गरिएको हो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

न्यायाधीश दाहालको इजलासमा मुद्दा छैटौँ नम्बरमा पेसी तोकिएको थियो। उक्त इजलासमा आजका लागि ७ वटा मुद्दा तोकिएको छ।

जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन