श्रमिकको हित हुने काममा कुनै सम्झौता नगरी मलेसियाको छवि उँचो राख्छु : मन्त्री शिवकुमार

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । मलेसियाका मानव संसाधन मन्त्री भी शिवकुमारले रोजगारदातालाई श्रमिक भर्ना गर्दा श्रम मापदण्ड पूरा भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । बाँकी प्रक्रिया पछि गर्दै गए पनि सुरुमा श्रम मापदण्ड पुगे नपुगेको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभएको द स्टारले लेखेको छ ।

यस्तै, श्रम स्वीकृतिको प्रक्रियालाई तीव्रता दिन र विदेशी श्रमिक ल्याउने विषयमा छुट दिएको उल्लेख गर्दै श्रम तथा अध्यागमन विभागले गर्ने समीक्षा पनि ६ ७ महिनाभित्र पूरा गरिने उहाँले बताउनुभयो ।

यस्तै उहाँले श्रमिक भर्ना आवेदनमा श्रमिकलाई थप सपोर्ट गर्ने प्रमाणित कागजात उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । पहिले झुटा कागजात पेस गर्ने गरेको पाइएको भन्दै उहाँले प्रमाणित कागजात मात्रै पेस गर्न आग्रह गर्नुभएको हो ।

अन्तर्राष्टिय श्रम संगठनले तोकेअनुसार श्रमिकको हित हुने काममा कुनै सम्झौता नगरी मलेसियाको छवि उँचो राख्ने काम गर्न पनि रोजगारदातालाई मन्त्री दातुकले आग्रह गर्नुभयो ।

मलेसिया नेपाली श्रमिकको लागि प्रमुख श्रम गन्तव्य हो । पछिल्लो समय मलेसिया श्रमिकको अधिकारप्रति लचिलो बन्दै गएको छ । योसँगै मलेसिया जाने नेपाली श्रमिकको संख्या पनि बढ्दो छ ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन