काठमाडौं । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर क्याथल्याव शुभारम्भ गरेका हुन् ।
अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले अस्पतालमा आउने कोही पनि पैसाको अभावले मृत्युवरण नगरून् र सहज रुपमा सेवा पाउन् भन्नेमा जोड दिए ।
मन्त्री गिरीले अस्पतालका उपकरण छिटो बिग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा यस्तो हुन नदिन आग्रह गरे ।