fbpx

विमान दुर्घटना पछि पर्यटनको आगमनमा कमी

author

समाचारपाटी

२ years अगाडि

कठमाडौं । माघ महिनाको सुरुकै दिन यती एयरलाइन्सको विमान दुर्घटना हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ। उक्त दुर्घटनापछि आन्तरिकदेखि बाह्य पर्यटक पोखरा आउने क्रम घटेको छ। विदेशी पर्यटक र आन्तरिक पर्यटकको आगमन प्रभावित बनेको पर्यटन व्यवसायी बताउँछन्।

पर्यटनका लागि ‘अफ सिजन’ भए पनि आउनुपर्ने पर्यटक नआएको व्यवसायीको भनाइ छ। होटेल दियोका सञ्चालक ईश्वरी पाण्डेले यतिखेर पर्यटन क्षेत्र अफ सिजन भएको बताउनुभयो। उहाँले अहिले पोखरामा भारतीय पर्यटक र केही आन्तरिक पर्यटक रहेको जानकारी दिनुभयो।

पाण्डेले विमान दुर्घटनापछि पोखरा आउने आन्तरिकदेखि बाह्य पर्यटकको आगमन कमी भएको अनुभूति भएको सुनाउनुभयो। “हुन त यो समय अफ सिजन हो, त्यही पनि विमान दुर्घटनाले उडेर आउने पर्यटकलाई प्रभाव पारेको छ।

पर्यटक आउन डराएका छन्। विदेशीले पनि हवाई यात्रा रद्द गरेका छन्,” उहाँले भन्नुभयो। उहाँका अनुसार अहिले बढीमा ३० प्रतिशत मात्र ‘अकुपेन्सी’ रहेको छ। उडान प्रभावित हुँदा गोष्ठी, बैठकसमेतका कार्यक्रम रद्द भएको उहाँले सुनाउनुभयो।

बाटो अप्ठ्यारो हुँदा हवाई माध्यम रोज्नेहरू पनि दुर्घटनापछि उड्न डराएको उहाँको आकलन छ। “विमान दुर्घटनापछि नराम्रो सन्देश फैलियो। विमान उडानबारे फैलिएका अफवाहले गर्दा हवाई यात्रुको यात्रा रोकिएको छ।

त्यसमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फरक–फरक तरिकाले यो दुर्घटनाबारे व्याख्या गरियो। जसका कारणले गर्दा आउन चाहेका पाहुना पनि त्रसित बन्न पुगे। त्यसको मार पर्यटन क्षेत्रमा परेको छ,” उहाँले भन्नुभयो।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर