fbpx

विदेशी ब्रान्डको नक्कली रक्सीसहित ३ जना पक्राउ

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकाबाट ठूलो परिणाममा विदेशी ब्रान्डको नक्कली रक्सीसहित तीन जनालाई पक्राउ गरेको छ ।

विभिन्न ब्रान्डका नक्कली रक्सीको कारोबार बढेको सूचनाका आधारमा अनुसन्धान गर्दा महालक्ष्मी नगरपालिकाको टीकाथली क्षेत्रबाट नक्कली रक्सीसहित तीन जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक एसपी डा. मनोज केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा दोलखा स्थायी घर भएका निरोज उप्रेती, स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगर रहेका छन् ।

उनीहरूले नक्कली रक्सी बनाइ विभिन्न स्टोरहरूमार्फत प्रचलित दरभाउभन्दा कम मूल्यमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले रक्सी बनाउने उद्योग नै खोलेर नक्कली रक्सी नाम चलेका नेपाली तथा विदेशी ब्रान्डका रक्सीकै बोतलमा बिक्री गर्ने गरेको पाइएको एसपी केसीले बताउनुभयो ।

प्रहरीले नक्कली गोल्डेन वाक छ बोतल, ८८४८ भोडका ४८ बोतल, मुगलान चार सय २० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोडका एक सय ३२ बोतल, डबल ब्ल्याक, रेड लेबलका बोतल बरामद गरेको हो ।

पक्राउ परेकाहरूलाई कालोबजारी ऐनअनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने केसीले बताउनुभयो ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...