काठमाडौ । चालु आर्थिक वर्ष विदेशबाट ११ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको छ । चालु वर्षको साउन महिनादेखि मंसिर महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको सुन र चाँदी आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
बजारमा बिक्री कम भएपछि यतिबेला भने विदेशबाट सुनको आयात रोकिएको छ । यद्यपि, ५ महिनाको अवधिमै सुन र चाँदीको आयातमा ११ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दाको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।