दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाउनुभएको छ ।
बिहिवार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री गिरिले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र स्वतन्त्र गरि ५७ मत प्राप्त गरेका हुन् ।
उनको विपक्षमा २८ मत परेको छ ।