रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय रहेको जानकारी आएको प्रधानमन्त्रीको भनाई

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताउनुभयो । उहाँले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रुसी सेनामा २ सय जना नेपाली भर्ना भएको औपचारिक जानकारी आएको छ । उनीहरूको अध्ययन, खोजी भइरहेको छ । कोही पढ्नका लागि, कोही भिजिट भिसामा गएका नेपाली रुसी सेनामा भर्ती भएका रहेछन् । रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनाको कब्जामा रहेका जानकारी आएको छ ।’

यस्तै प्रधानमन्त्रीले सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको समेत बताउनुभएको छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्न खोजिएको दाबी गर्नुभयो । उहाँले राम्रा कामलाई दबाउने र हुँदै नभएका विषयलाई प्रचार गर्ने प्रवृत्ति हाबी भएको टिप्पणी गर्नुभयो ।

प्रचण्डले एनसेलको शेयर खरिद–बिक्री प्रकरणलाई लिएर गलत व्याख्या र प्रचार गरिएकोमा असन्तुष्टिसमेत जनाउनुभएको छ । नागरिकलाई तथ्यगत र सही सूचना दिनुपर्ने उहाँको भनाइ छ ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान