काठमाडौं । रुपन्देहीको करैया सामुदायिक वनबाट भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा देवदह नगरपालिका–१० गैरीगाउँ का ४८ वर्षीय कर्णबहादुर परियार र त्यही ठाउँको चरङ्गेका ४२ वर्षीय दिपक परियार रहेका छन् ।
तिलोत्तमा नगरपालिका–८ मा रहेको करैया सामुदायिक वनबाट उनीहरुलाई २ नाल भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हिजो पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिनुभयो ।