fbpx

रहेनन् अब संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका आचार्य

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उहाँको ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले उज्यालोलाई जानकारी दिनुभयो ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाउनुभएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताउनुभयो ।

आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताउनु भएको थियो ।

स्टाटसमा उहाँले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित सङ्घर्ष र भोगाइबारे उल्लेख गर्नु भएको थियो । जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उहाँले लेखेको स्टाटसमा उल्लेख छ ।

आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उहाँले उल्लेख गर्नु भएको थियो ।

आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उहाँले स्टाटसमा लेख्नु भएको छ ।

इलाममा रहेको पुर्ख्यौली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताउनु भएको थियो ।

सरकार, बिचौलिया र ठूलो व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने गरेको उहाँले उल्लेख गर्नुभएको थियो ।

तनाव र समस्याकै कारण यसअघि पनि आफूले आत्महत्याको प्रयास गरेको उल्लेख गर्नु भएको थियो । उहाँले ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन स्टाटसमार्फत् नै आग्रह गर्नुभएको थियो । आचार्यका श्रीमती र दुई छोरी छन् ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन