वरिष्ठ मधुमेय, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइरालाले विश्व मधुमेय दिवसको अवसरमा सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
समाचारपाटी डटकमसंग कुराकानी गर्दै कोइरालाले विश्वमा मधुमेहको संक्रमण र नेपालमा यसको अवस्थाबारे प्रकाश पार्नुभयो ।
उनले विश्वका करोडौं मानिस मधुमेहबाट पीडित रहेको तथ्यांक पेश गर्दै नेपाल जस्तै विकासशील देशमा मधुमेहका रोगीको संख्या दिनानुदिन बढिरहेकाले समयमै यसबारे सजगता र भएसकेको भए उचित उपचार जरुरी हुनेमा जोड दिए । साथै उहाँले प्रविधिको विकास संगै सुगर रोगीहरुका लागि निकट भविश्यमा एउटा चिप्स आउदै गरेको बताउनुभयो ।
कम्प्युटरको चिप्स जस्तै सो चिप्स रोगीलाई खुवाएपछि इन्सुलिनको मात्रा मिलाउन त्यसले सहयोग गर्नेछ ।