fbpx

बरालको प्रतिवद्धताः आधा घण्टामा पालिका, हरेक घरमा राष्ट्रिय प्रशारण लाइन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन ।

संघीयतामाथि प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारहरुले आआफ्ना घोषणापत्र जनतासामु पुर्याएर मत फकाइरहेका छन् ।

कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले संघीयताप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

‘अहिले संघीयता काम छैन, प्रदेश संरचनाको औचित्य छैन भन्नेहरु बढेका छन् । हाम्रै कामका कारणले व्यवस्थाप्रति वितृष्णा बढेको हो,’ उनले भने, ‘अबको कार्यकाल जनताले प्रदेशबाट अधिकतम लाभ लिन सक्ने गरी सन्चालन हुन्छ । विकास, शिक्षा, स्वास्थ्य सबै सुविधा प्रदेशबाटै पाउने गरी काम गरिने छ ।’

उनले आफ्नो निर्वाचन क्षेत्रका हरेक गाउँबाट आधा घण्टाभित्र पालिका केन्द्र पुग्न सक्ने गरी सडक संरचनाको स्तरोन्नती गर्ने बताए ।

‘घान्द्रुकबाट नाउँडाँडा आउने नागरिक आधा घण्टा भन्दा धेरै समय लाग्यो भने सेवा लिन समस्या भयो । राज्यको सेवा झन् जटिल बनाउने होइन,’ उनी भन्छन्, ‘सेवा प्रवाह जति झण्झटिलो भयो, उति ब्यवस्था प्रति प्रश्न बढ्छ । यहाँका सडकलाई स्तरीय बनाएर आधा घण्टामा पालिका आइपुग्ने व्यवस्था मिलाइन्छ ।’

उनले नयाँपुलदेखि घान्द्रुक सडक, लुम्ले तोल्का हुँदै लान्द्रुक जोड्ने सडक, अन्नपूर्ण रिङरोड देखि पोखराका सबै वडा पुग्ने सडकहरुको एकीकृत विकास गर्न आफू प्रतिवद्ध रहेको बताए ।

यस्तै, सबै गाउँमा एक घर एक धारा पुर्याउने, हरेक घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्ने, काठेपोललाई स्टिलको पोलले विस्थापित गर्ने लगायत योजना पनि सुनाएका छन् । ‘प्रत्येक घरमा विजुली, प्रत्येक घरमा पक्की छाना हुनुपर्छ । गरिव र विपन्न परिवारका लागि सुरक्षित आवासको ज्ञारेण्टी गण्डकी सरकारले गर्छ,’ उनले भने ।

बरालले आफ्नो निर्वाचन क्षेत्र जलविद्युत उत्पादनका हिसावले प्रभावकारी भएकोले लगानीको वातावरण सिर्जना गरी अधिकतम विद्युत उत्पादनका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने बताए । गण्डकी प्रदेशमा २० हजार मेगावाट विजुली निकाल्न सक्ने प्रक्षेपण छ ।

त्यसमध्ये आर्थिक अवस्थाले १२ हजार मेगावाट विजुली निकाल्न सम्भव देखिएको छ । कास्की ३ (ख) को मोदी लगायत खोला पनि विद्युत उत्पादनका हिसावले निकै सम्भावनायुक्त मानिन्छ ।

घान्द्रुक, लान्द्रुक, लुम्ले, तोल्का लगायत गाउँहरु लघु जलविद्युत आयोजनाबाट चौविसै घण्टा उज्यालो छ । तर लघु विद्युत बढी महंगो पर्ने भएकोले राष्ट्रिय लाइन बढी प्रभावकारी हुन्छ ।

उनले आफ्नो क्षेत्रको होमस्टे पर्यटन, ग्रामिण पर्यटन जस्ता समुदायमा आधारित पर्यटन सन्चालन गरिरहेका उद्यमीहरुका लागि आधारभूत विदेशी भाषा तालिम, सरसफाई र सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण र होमस्टे सेवाको स्तरोन्नतिमा पहल गर्ने बताए ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन