काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक जारी छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार छिन्।
रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा एमाले का कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन रहेका छन्।
यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादी का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आआफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नेछन् । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नेछन् ।