काठमाडौं । पोखरा हवाई दुर्घटनामा ज्यान गुमाएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ ।
ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । ‘ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘आज बेलुकीसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ ।’
उहाँका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डीएनए परीक्षण गरिने विभागका प्रमुख डा। चौधरीले बताउनुभयो । डीएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उहाँले जानकारी दिनुभयो ।