fbpx

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा करिव साढे २ करोड कारोबार

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं I ‘नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’मा करिव साढे दुई करोडको कारोबार भएको छ । 


नेपाल उद्योग वाणिज्य महासंघकाअनुसार सोमवार (आज) सम्पन्न ५ दिने मेलामा करिव साढे दुई करोडको कारोबार र करिव २५ हजार अवलोकनकर्ता सहभागी भएका हुन् । ग्राहकलाई लक्षित गरेर नेपाल, बंगलादेश र पाकिस्तानले मात्रै स्टल राखेकाले अपेक्षाअनुसारको कारोबार नभएको महासंघका सहायक निर्देशक परशुराम नेपालले बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘इन्डियाको कन्जुमर फियर भन्दा पनि पावर सो थियो । चाईनाको मेशिनरी टेक्नोलोजीसँग रिलेटेड भएको हुनाले उनीहरुले डाईरेक्ट सेल भन्दा पनि नटवर्किङको हिसावले आए । करिव ६० वटा नेपाली स्टल अनि इण्डियन, बंगलादेश र पाकिस्तानको ५-७ वटा, ५-७ वटा चाँही बिक्री गर्ने स्टलहरु भएको हिसावले करिव साढे २ करोड जति कारोबार भएको अनुमान गरिएको छ ।’

नेपालमा उत्पादित निर्यातयोग्य वस्तुहरुको बजारीकरण गर्नका लागि सो मेला आयोजना गरिएको थियो । बजार प्रवद्र्धनको हिसावले भने मेला फलदायी रहेको महासंघको निष्कर्ष छ । मेलामा नेपाली हस्तकलाका सामग्री, बंगलादेशको कपडा र पाकिस्तानको लेदरब्याग, पर्स, जाकेटलगायतका सामग्रीहरुमा ग्राहकहरुले चासो दिएका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गत मंसिर १४ गते उद्घाटन गर्नुभएको सो अन्तर्राष्ट्रिय मेलामा नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तानसहित करिव २ सय वटा स्टल राखिएको थियो ।


नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय स्तरको मेला हुने गरेको छ । 


काठमाडौं

बिहिबार, अशोज २४, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने