काठमाडौं । एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले लगातार रुपमा चौथो र पाँचौँ विकेट गुमाएको छ ।
नेपालले चौथो विकेटका रुपमा उत्तम रंगु थापामगर १४ बलमा चार रन बनाउँदै आउट भएका हुन् । उनलाई अफगानिस्तानका बलर नसिर खानले एलबीडब्लूको धरापमा पारेका हुन् । उनी आउट हुँदा नेपालले १८।३ ओभरमा ७८ रन बनाएको थियो ।
त्यसलगत्तै नेपालले पाँचौँ विकेट गुमाएको थियो । नेपालले पाँचौँ विकेटका रुपमा आकाश त्रिपाठीलाई शून्य रनमै गुमाएको थियो । उनलाई पनि नसिर खान मारुफखीले एलबीडब्लूकै धरापमा पारेका हुन् । उनी आउट हुँदा नेपालले २२ ओभरमा ७९ रन बनाएको छ ।