नवराज विकको हत्या मुद्दामा आज पनि बहस जारी

author

समाचारपाटी

१ year अगाडि

रुकुम । जाजरकोटको भेरी नगरपालिकाका नवराज बिकलगायत ६ जनाको जघन्य हत्या सम्बन्धी मुद्दामा आज पनि रुकुम जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ ।

रुकुम जिल्ला अदालत रुकुम पश्चिम का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हिजोदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज पनि बहस भइरहेको हो ।

हिजो सरकारी वकिल तथा पीडित पक्षका ९ जना कानुन व्यवसायीले बहस गरेका थिए । आज पीडित वादी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादीतर्फको बहस हुनेछ ।

भोलिसम्ममा उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने र केही दिनमा फैसला आउने अदालतले जनाएको छ।

२०७८ जेठ १० गते मल्ल थरकी आफ्नी प्रेमिकासँग विवाहका लागि साथीहरू लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका नवराजसहित ६ जनाको केटी पक्षबाट हत्या भएको थियो ।

केटी पक्षले दलितले मल्लसँग विवाह गर्न लागेको भन्दै केटीका परिवारसहित सोतीका स्थानीयले उनीहरूलाई लखेटेर हत्या गरेका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो । उक्त घटनामा १२ जना घाइते भएका थिए।

उक्त घटनामा प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान