fbpx

धनुषामा ५ वर्षिया बालिका मृत फेला, २ जना पक्राउ

author

समाचारपाटी

११ महिना अगाडि

जनकपुरधाम । धनुषामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा ५ वर्षीया बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा लाश फेला परेको हो ।

सोही ठाउँ बस्ने ५ वर्षीया बालिका रेखा यादवलाई जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार राति करिव ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।

बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला नगरपालिका–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको थियो ।

घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी केरकार गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई जबरजस्ती करणीपश्चात् घाँटी थिचेर हत्या गरेको खुल्न आएको हो ।

घटनामा संलग्न दुबैजनाको नाम प्रहरीले गोप्य राखेपनि उनीहरू दुबैजना क्रमशः ३६ र २५ वर्षको स्थानीय युवक रहेको बताइएको छ ।

उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


काठमाडौं

शनिबार, कार्तिक १७, २०८१

२१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक