धनुषामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागि २ घाइते

author

समाचारपाटी

१ year अगाडि

धनुषा I धनुषाको हँसपुर नगरपालिका वडा नं. ५ सुगा निकासमा रहेको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् । 

स्थानीयको कुटाईले घाइते भएका व्यक्तिको प्रहरीको कुटाईबाट निधन भएपछि आक्रोसित स्थानीय प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा भीडलाई हटाउन प्रहरीले गरेको हवाई फायरको क्रममा दुई जनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो । प्रहरीको गोली लागेर दुईजनासहित झडपमा परी तीनजना घाइते भएको स्थानीयले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीऊपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानिय दीपा मण्डललाई स्थानीयबीचको विवादको क्रममा पकाउ गरी ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी स.ई. तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जनाएको छ । घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारकालागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको गोली लागि घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ । 


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने