fbpx

‘देशका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने असल कार्यलाई निरन्तरता दिनुपर्छ’:-प्रशासनमन्त्री अनिता देवी

author

समाचारपाटी

१ year अगाडि

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले यस वर्षको हरितालिका तिजलाई सामाजिक सदभाव कायम राख्ने गरी मनाउन आग्रह गर्नु भएको छ । 

आगामी असोज १ गतेको हरितालिजा तिज पर्वलाई मध्यनजर गर्दै उहाँले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गर्नुभएको हो । शनिवार काठमाडौंमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । 

उहाँले भन्नुभयो,‘देशका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने असल कार्यलाई निरन्तरता दिनुपर्दछ । यसवर्षको हरितालिका तिज असोज १ गते विशेष रुपले तीजको मौलिकता र सामाजिक सद्भावलाई कायम राखि मनाउन आग्रह गर्दछु । आगाम्ी तिजले सम्पूर्ण दिदीबहिनीहरुका परिवारमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता कायम होस् भन्ने हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । अन्तमा आज नवनारी सम्मानबाट सम्मानित हुनुहुने नौ जना नारीहरुलाई बधाई तथा उहाँहरुको उत्तरोतर प्रगतिको शुभकामना ।’

त्यस अवसरमा मन्त्री देवीले तिजले माईती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताउनु भयो । कार्यक्रममा सामाजिक क्षेत्र योगदान पुर्याएका नौ जना नारीहरुलाई सम्मान गरिएको थियो । 


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन