विराटनगर । विराटनगरको कोसी अस्पतालले जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । त्यस्तै उक्त घटनाको छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ ।
बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल डा. आकाश यादवले मृत घोषित गरेका थिए ।