fbpx

जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने मन्त्री गिरीको प्रमुख लक्ष्य , उद्देश्य

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ ।

मङ्गलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताउनु भयो ।

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताउनु भयो । उहाँले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने बनाउनु आफ्नो दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थानमा ३०० बेडको अस्पताल स्थापना गर्छौं । यो खुसीको कुरा हो । ३ सय बेड पनि पर्याप्त होइन ५ सय बेडको बनाउनुपर्छ । पछिल्ला दिनमा हामी थप्दै जानेछौँ । यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी अस्थायी रुपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ ।

मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ । हामी सबैको एउटै संकल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरु कसरी चुस्त, दुरुस्त बनाउने भन्ने हो । हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रुपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो ।’


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...