काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङले पोखरमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा दुःख व्यक्त गर्नुभएको छ ।
राजदूत छेनले ट्वीटरमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो ।
‘पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनाले म निकै स्तब्ध छु । यस दुःखद घडीमा हाम्रो विचार (सहानुभूति) नेपाली जनताको साथमा छ । मृतहकरूप्रति श्रद्धाञ्जली , शोक सन्तप्त परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु,’ राजदूत छेनले ट्वीटरम उल्लेख गर्नुभएको छ ।