fbpx

गरिब समुदायको बालबालिकाहरुमा प्रोटिनको कमीका कारण कुपोषणको समस्या आएको छ : मन्त्री साह

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले किसानलाई बर्ड फ्लूबाट भएको क्षतिपूर्ति दिन मन्त्रालयले तयारी गरिरहेको बताउनुभएको छ ।

शनिवार आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्डफ्लूबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताउनु भयो । उहाँले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो ।

यस्तै उहाँले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको भन्दै गरिब समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोषक तत्व प्रोटिनको उपलब्धता नेपालमा पर्याप्त छैन । बालबालिकाको उमेरअनुसार समग्र विकासमा समेत सन्तुलित आहारको आवश्यक्ता हुन्छ । र त्यसैले सबै जनताको पहुँचमा यसको विस्तार गर्न आवश्यक रहेको छ । मन्त्रालय यस्ता खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउने प्रयासरत छ तर अहिले पनि दुर्भाग्य देशमा उत्पादन गर्न सकिने खाद्य श्रोतहरुको आयातमा खर्बौं रुपैयाँ विदेशीहरेको छ ।

अण्डा र कुखुराको मासुमा नेपाल लगभग आत्मनिर्भर रहेको छ । तर किसानहरु बर्ड फ्लू दानाको उचित मूल्य नपाउँदा चिन्तित छन्, बर्ड फ्लूबाट परेको असरलाई कम गर्न साना कृषकलाई लगानी अनुसारको प्रतिफल पाउन संघर्ष गरिरहेको समस्याबाट ग्रस्त छ । बर्ड फ्लूको क्षतिको नियमानुसार क्षतिपूर्ति दिलाउन मन्त्रालय लागिपरेको छ ।’


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन