File Photo
पोखरा । मौन अवधिमा चुनाव प्रचारमा हिँडेको भन्दै गण्डकी प्रदेशका अर्थमन्त्री एवं कास्की ३ का प्रतिनिधि सभा सदस्यमा माओवादी उम्मेदवार रामजीप्रसाद बराललाई एमाले कार्यकर्ताले घेराउ गरेका छन् ।
अन्नपूर्ण गाउँपालिका–१ भीर मुनिभन्ने ठाउँमा माओवादी नेता बराल शुक्रबार साँझ एमाले कार्यकर्ताको घेराउमा परेका हुन् । बिहीबार रातिदेखि नै स्थिर अवधि अर्थात चुनाव प्रचार गर्न नपाइने समय सुरु भएको थियो ।
मतदातालाई विभिन्न योजनाको लोभ देखाउँदै बरालले भोट मागिरहेको अवस्थामा एमाले कार्यकर्ताले उनलाई भेटेका थिए । उम्मेदवार बरालले भने आफू आफन्त बिरामी भएकाले भेट्न गएको दाबी गरेका छन् ।
#source : samadhannews